Rule 40
बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधि
(१) सशस्त्र प्रहरी सेवाको पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिको पदमा देहाय बमोजिमको सेवा अवधि पूरा भएको हुनु पर्नेछ:-
(क) राजपत्राङ्कित पदमा बढुवाको लागि तीन वर्ष
(ख) राजपत्र अनङ्कित पदबाट राजपत्राङ्कित पदमा बढुवाको लागि वा राजपत्र अनङ्कित पदमा बढुवाको लागि चार वर्ष ।
(१क) उपनियम ( १ ) मा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा गर्दा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक पदबाट मात्र पदपूर्ति हुन नसक्ने अवस्था भएमा सशस्त्र प्रहरी नायब निरीक्षक पदमा छ वर्ष सेवा अवधि पूरा भएको सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्भाव्य उम्मेदवार कायम गरिनेछ । यसरी सशस्त्र प्रहरी नायब निरीक्षकलाई समेत उम्मेदवार कायम गर्नु पर्ने भएमा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीले सशस्त्र प्रहरी नायब निरीक्षक पदमा गरेको सेवा अवधिलाई समेत गणना गरिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि सशस्त्र प्रहरी नायब महानिरीक्षक र सो भन्दा माथिल्लो पदमा बढुवा हुन न्यूनतम सेवा अवधिको हद लाग्ने छैन ।